धरानमा कारभित्र १८० किलो गाँजा

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १२:३०

विराटनगर । सुनसरीको धरानमा बिहीबार बिहान कारभित्र १ सय ८० किलो गाँजा फेला परेको छ ।

धरान उपमहानगरपालिका–६ पानबारीमा बेवारिसे अवस्थामा रहेको बा १३ च ३६८४ नम्बरको कारभित्र गाँजा भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले बिहान ४ः३० बजेतिर गाँजा फेला पारेर बरामद गरेको हो ।

गाँजा लोड गरिएको कार बेवारिसे अवस्थामा थियो । गाँजासहित कारलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । कार कसको हो र गाँजा कसले ल्याएको भनेर यकिन भइसकेको छैन । प्रहरीलाई देख्नसाथ कार छाडेर चालक फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.