
काठमाडौं । सिन्धुलीको तिनपाटन, गडाम्रेमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । गडाम्रेबाट चकमकेतर्फ जाँदै गरेको बा१७च ३१०३ नम्बरको गाडी दुर्घटना भएको हो ।
गाडी सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक सिन्धुली तिनपाटन–५ का २७ वर्षीय पुष्प तामाङ, सोही वडाकी २४ वर्षीया साबित्रा थापा, २८ वर्षीया सविता बुर्जा, २३ वर्षीया पुनम पुलामी, २३ वर्षीय अर्जुन तामाङ र २१ वर्षीय निरज तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए ।

























