
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जाँचबुझ आयोगमा उपस्थित हुने स्पष्ट पारेका छन् । विशेषगरी भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले उनलाई सोधपुछका लागि बोलाएपछि उनले यस्तो बताएका हुन् ।
आयोगले उनलाई घटनाको विवरण र जानकारीका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको भए तापनि उनले केही समय माग गर्दै सोमबार मात्रै जाने निर्णय गरेका छन् । उनले आगामी १४ गते सोमबार आयोगको कार्यालय पुगेर आफ्नो भनाइ राख्ने कुरा सार्वजनिक गरे ।
जेन जी आन्दोलन र त्यसपछिका घटनाक्रमले निम्त्याएको राजनीतिक संवेदनशीलताका बीच निवर्तमान मन्त्रीले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुलाई निकै महत्त्वका साथ हेरिएको छ।

























