एशियन हाइवे विस्तारमा लापरबाही: धुलो र हिलोले यात्रु बेहाल

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १०:२०

विराटनगर । पूर्व-पश्चिम राजमार्गलाई ‘एशियन हाइवे’ मा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा हुनुपर्नेमा उल्टै यात्रु र स्थानीयका लागि सास्तीको विषय बनेको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडक विस्तार भइरहे पनि निर्माणमा देखिएको लापरबाहीले दुर्घटना र प्रदूषणको जोखिम बढाएको छ ।

सडक निर्माणका क्रममा नियमित पानी नहाल्दा उड्ने धुलोले यात्रु र सडक आसपासका बासिन्दा हैरान छन् भने कतिपय ठाउँमा पानी धेरै हाल्दा सडक चिप्लो भई दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । विशेष गरी सडकमा बनाइएका असुरक्षित ‘डाइभर्सन’ मृत्युको पासो बन्न थालेका छन्

गत पुस ५ गते मात्रै बिर्तामोडस्थित गिरिबन्धु चिया बगान नजिकैको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा भद्रपुरका २५ वर्षीय भुपाल अधिकारी र शीर्षक सुवेदीको ज्यान गयो । सोही दिन मेचीनगरमा चिप्लो सडकका कारण स्कुटर दुर्घटना हुँदा एक जना घाइते भए। यसरी निर्माण कम्पनीको लापरबाहीले एकपछि अर्को गर्दै मानवीय क्षति भइरहेको छ ।

सडक विस्तारको ठेक्का लागेको दुई वर्ष बित्न लाग्दा पनि भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै देखिएको छ। तीन वर्षमा सम्पन्न गर्ने गरी २०८० कात्तिक २ मा सम्झौता भएको यस आयोजनाको म्याद २०८३ माघ १९ सम्म छ। अब बाँकी १३ महिनामा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठुलो चुनौती छ।

एशियाली विकास बैंक (एडीबी) को ८४.९ प्रतिशत (३०० मिलियन डलर) ऋण सहायता र नेपाल सरकारको १५.१ प्रतिशत लगानीमा यो सडक विस्तार भइरहेको छ। काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटरमध्ये हाल सुनसरीको लबीपुरसम्म ९५.७६ किलोमिटर खण्डमा मात्रै ठेक्का लागेर काम भइरहेको छ।

यो आयोजनालाई पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाकै सीतापुरीसम्मको ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत केर्खादेखि सुनसरीको लबीपुरसम्मको ५०.७६ किलोमिटर सडक पर्दछ। निर्माण कार्य सुस्त हुँदा र सुरक्षा मापदण्ड पालना नगर्दा यस खण्डमा यात्रा गर्ने हजारौँ यात्रुले दैनिक कष्ट भोग्न बाध्य छन्।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.