फेमे खोलामा बेलिब्रिज जडान सुरु

Share this
792shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १०:२३

पाँचथर । फिदिम–याङनाम–नांगीन–फालौट सडक खण्ड अन्तर्गत फेमे खोलामा बेलिब्रिज जडानको प्रक्रिया सुरु भएको छ। मेची राजमार्गको काबेली खोलामा रहेको ५० मिटर लामो बेलिब्रिज ल्याएर यहाँ जडान गर्न लागिएको हो । गत असोज १२ गते आएको भीषण बाढीले फेमे खोलाको पक्की पुल बगाएपछि यस क्षेत्रको यातायात प्रभावित हुँदै आएको थियो । पुल नहुँदा बनाइएको अस्थायी डाइभर्सन पनि पटक-पटक बग्ने गरेकाले यात्रुहरूले निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

संघीय सरकारले काबेलीको बेलिब्रिज उपलब्ध गराएपछि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयमार्फत जडानको काम अघि बढाइएको छ । पुल जडानका लागि सुनगाभा विल्डर्स एण्ड सुपर शंखमुल कम्पनीले १ करोड ३९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायी कमल गौतमका अनुसार आगामी दुई महिनाभित्रै पुल जडानको काम सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइनेछ ।

फेमे खोलामा पुल नहुँदा फिदिमबाट याङनाम, नाङ्गीन, सिदिन, लुङरुपा, प्राङवुङ र मेमेङ हुँदै भारतको सिक्किम सीमावर्ती फालौट क्षेत्रसम्म पुग्ने यातायात र ढुवानी सेवा नराम्ररी प्रभावित भएको थियो । बेलिब्रिज जडान भएपछि यस भेगका नागरिकलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा ठुलो सहजता मिल्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.