विद्यार्थी निलम्बनको विरोधमा मनमोहन विश्वविद्यालयमा तालाबन्दी

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ११, शुक्रबार १०:२७

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । विश्वविद्यालय प्रशासनले चार जना विद्यार्थीलाई निलम्बन गरेको विरोधमा शुक्रबार बिहानदेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत चार जना विद्यार्थीले गत पुस ७ गते कलेजमा अभद्र व्यवहार गरेको भन्दै विश्वविद्यालयले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको थियो । प्रशासनको उक्त निर्णय अन्यायपूर्ण रहेको भन्दै आक्रोशित करिब १०० जनाको संख्यामा रहेका विद्यार्थीहरूले विश्वविद्यालयको मूल गेटमा नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् ।

बिहान ९:३० बजेदेखि सुरु भएको विरोध प्रदर्शन र हो-हल्लाका कारण विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्य प्रभावित भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) अशोक कार्कीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको छ । अहिले प्रहरीले विश्वविद्यालय प्रशासन र आन्दोलित विद्यार्थीबीच समन्वय गराई परिस्थिति सहज बनाउने प्रयास गरिरहेको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.