
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सुरक्षा विज्ञ बालानन्द शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् ।
शर्माले शुक्रबारै शपथ लिएका छन् । यसअघि परराष्ट्र मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी थिइन् । नेपाली सेनाका अवकाश प्राप्त रथी शर्मा सैन्य रणनीतिकार मानिन्छन् ।
परराष्ट्रमन्त्री नियुक्त शर्मा २०२४ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका थिए । उनले २०६४ मा रथीबाट अवकाश पाए । उनले सन् २००४ देखि २००७ सम्म गोलानहाइटमा राष्ट्रसंघीय सैनिक मिसन प्रमुख भई समेत काम गरेका थिए । उनले केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन समेत गरेका थिए ।

























