भिसाको म्याद सकिएका अमेरिकी नागरिक झापाबाट पक्राउ

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार ०७:३७

झापा । भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने १ जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ ।

नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद यात्रु रोकेर कागजात जाँच गर्दा अमेरिकी नागरिकको नेपाल भ्रमण गर्ने भिसाको म्याद गुज्रिसकेको खुलेपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार दिउँसो करिब १ः३० बजे भद्रपुर नगरपालिका–७ स्थित मेची पुलपारि रहेको सहायता कक्षमा खटिएको ड्युटी टोलीले नियमित चेकजाँच गरिरहेको बेला भारततर्फ पैदलै जान लागेका ३६ वर्षीय अमेरिकी नागरिक मार्क एन्ड्रयु क्युटीलोस्कीलाई रोकेको थियो ।

भद्रपुर भन्सार नाका हुँदै सीमा पार गर्ने क्रममा उनको पासपोर्ट र भिसा विवरण जाँच गर्दा नेपाल बसाइको वैधानिक अवधि समाप्त भइसकेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ । क्युटीलोस्कीको साथमा रहेको झोला, यात्रा सम्बन्धी कागजात तथा भिसासम्बन्धी विवरण समेत जाँच गरी आवश्यक प्रक्रिया पूरा गरिएको थियो ।

भिसा अवधि सकिएपछि पनि औपचारिक प्रक्रिया नअपनाई सीमा पार गर्न खोज्नु अध्यागमन कानुन विपरीत हुने भएकाले उनलाई नियन्त्रणमा लिइएको सशस्त्रको भनाइ छ । नियन्त्रणमा लिएका अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

अध्यागमन कार्यालयले भिसा उल्लंघनसम्बन्धी प्रावधानअनुसार थप अनुसन्धान गरी आवश्यक निर्णय लिने बताइएको छ । सीमा क्षेत्रमा नियमित चेकजाँचलाई थप कडाइ गरिएको र भिसा तथा यात्रा कागजात बिना वा म्याद नाघेको अवस्थामा आवतजावत गर्न खोज्ने जोकोहीलाई नियन्त्रणमा लिइने सशस्त्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.