बोलेरो गाडीमा ७६३ किलो गाँजा, २ जना पक्राउ

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार ११:३५
फाइल फोटो ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ बाट ७ सय ६३ किलो ७ सय ग्राम गाँजा बरामद भएको छ ।

को १ ज ३४५६ नम्बरको बोलेरो गाडीमा गाँजा फेला फरेको हो । गाँजा लोड गरिएको गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ । राति १२ः३० बजेतिर इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा बोलेरो गाडीमा गाँजा फेला परेको हो ।

चैदण्डीगढी–३ पैतालिस चोकबाट गाईघाटतर्फ जाँदै गरेको बोलेरोलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । त्यस क्रममा बोलेरोभित्र ३० वटा बोरामा प्याक गरेर राखेको अवस्थामा ७ सय ६३ किलो ७ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

बोलेरोमा गाँजा फेला परेपछि प्रहरीले चालक बेलका नगरपालिका–६ का रविनकुमार राई र बोलेरोमा सवार बेलका नगरपालिका–९ का रामबहादुर राईलाई पक्राउ गरेको छ । प्रहरीले गाँजा बरामद गर्दै गाडी नियन्त्रणमा लिएर २ जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.