विराटनगरमा स्कुटर दुर्घटना, भारतीय नागरिकको मृत्यु

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार ०७:३४

विराटनगर । विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको स्कुटर दुर्घटनामा परेर अर्का भारतीय नागरिक घाइते भएका छन् ।

कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित देउराली होटलअगाडि बीआर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर राति १०ः२० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । विराटनगरबाट जोगवनीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा चालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मोहमद राजाको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा स्कुटर चालक राजा र पछाडि सवार अररिया छोटी मस्जिद बस्ने २० वर्षीय मोहमद इमरान गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ राजालाई चिकित्सकले मृत घोषित गरिदिएको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए । घाइते अवस्थाका इमरानको उपचार जारी छ । स्कुटर इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छ ।

इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.