भुटानी कारागारमा राजबन्दीको मृत्यु: निष्पक्ष छानबिन गर्न मानवअधिकारकर्मीको माग

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १३:०७

काठमाडौँ । भुटानको थिम्पुस्थित चामजाङ केन्द्रीय कारागारमा ३५ वर्षदेखि थुनामा रहेका राजबन्दी शबहादुर गुरुङको रहस्यमय मृत्यु भएको विषयलाई लिएर नेपालका अधिकारकर्मीहरूले गम्भीर चासो व्यक्त गरेका छन् । ६५ वर्षीय गुरुङ राज्यविरुद्धको कसुरमा आजीवन कारावासको सजाय भोगिरहेका थिए । लोकतन्त्रको पक्षमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै कारण सन् १९९० मा पक्राउ परेका ३१ जना राजबन्दीमध्ये उनी एक हुन्

पारिवारिक स्रोत र अधिकारवादीहरूका अनुसार गुरुङले थुनामा रहँदा लामो समयदेखि मानसिक तथा शारीरिक यातना र अमानवीय व्यवहार भोग्दै आएका थिए । मंसिर २९ गते बिहान कारागारमा अचेत अवस्थामा फेला परेका उनलाई समयमै अस्पताल नपुर्‍याइएका कारण मृत्यु भएको दाबी गरिएको छ ।

अधिकारकर्मीहरूले यस घटनालाई भुटान सरकारको मानवअधिकारप्रतिको असंवेदनशील र दमनकारी नीतिको परिणाम भएको आरोप लगाएका छन् । यो घटना भुटानले प्रतिबद्धता जनाएको संयुक्त राष्ट्रसंघीय मानवअधिकारको विश्वव्यापी घोषणापत्र र यातनाविरुद्धका अन्तर्राष्ट्रिय कानुनहरूको प्रत्यक्ष उल्लङ्घन भएको उनीहरूको ठहर छ ।

यस घटनाले भुटानमा आस्थाका आधारमा थुनामा रहेका अन्य कैदीबन्दीहरूको जीवन सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाएको अधिकारकर्मीहरूको निष्कर्ष छ । उनीहरूले गुरुङको मृत्युबारे विश्वसनीय र निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा थुनामा रहेका सम्पूर्ण राजबन्दीलाई बिना सर्त रिहा गर्न भुटान सरकारसँग माग गरेका छन् । साथै, अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउँदै उनीहरूले भारत सरकार, संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई न्याय र जवाफदेहिताका लागि पहल गर्न आग्रह गरेका छन् ।

नेपालका अधिकारकर्मी तथा मानवअधिकार संघ-संस्थाहरूले भुटानी जनताको मानवअधिकार र स्वतन्त्रता संरक्षणका लागि उपलब्ध सबै कूटनीतिक माध्यम प्रयोग गर्न नेपाल सरकारलाई समेत आह्वान गरेका छन् । यसरी माग गर्नेहरूमा चरण प्रसाईं, बाबुराम गिरी, बेद भट्टराई, विकास बस्नेत, डा. बिरेन्द्र मिश्र, दिनेश त्रिपाठी, देवेन्द्र प्रसाद अधिकारी, इन्द्र अर्याल, कपिल अर्याल, खगेन्द्र वली, विद्याधर मल्लिक, मनिषा श्रेष्ठ, मञ्जु गुरुङ, मुकुन्द राज कट्टेल, निराजन थपलिया, ओमप्रकाश सेन ठकुरी, पूजा पन्त, प्रदीप पोखरेल, राजु प्रसाद चापागाईं, राजन कुइँकेल, रेश्मा थापा, टिकाराम पोख्रेल र उमिद बागचन्द लगायत छन् ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.