
काठमाडौँ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि, २०८२ अनुसार निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । निर्वाचन प्रहरीमा सहभागी हुन इच्छुक नेपाली नागरिकले माघ १० गतेभित्र आवेदन दिन सक्नेछन् ।
प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । साथै, पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरीमा आवेदन दिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ ।
यसअघि भएका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका तथा विदेशी फौजमा सेवा गरेका व्यक्तिहरूलाई समेत प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ । योग्यता मापदण्डअनुसार पुरुष आवेदकको हकमा कम्तीमा ५ फिट उचाइ र महिलाको हकमा ४ फिट १० इन्च उचाइ अनिवार्य गरिएको छ ।
महिला आवेदक गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि समावेश छ । आवेदन दिएका उम्मेदवारहरूमध्ये माघ ९ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरी माघ १५ गतेदेखि प्रशिक्षण सुरु गरिने नेपाल प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ म्यादी प्रहरी भर्नाको सूचना



























