अमेरिका-भेनेजुएला तनाव: नेपालद्वारा सार्वभौमसत्ताको सम्मान गर्न आग्रह

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १२:२५

काठमाडौँ । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनाव र विकसित पछिल्ला घटनाक्रमप्रति नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै गम्भीर चासो व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र परिस्थिति थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्‍याएपछि उब्जिएको वैश्विक तरंगका बीच नेपालको यस्तो धारणा आएको हो।

संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार प्रत्येक राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान हुनुपर्नेमा नेपालले दृढताका साथ जोड दिएको छ। नेपालले जुनसुकै जटिल विवादको समाधान पनि सैन्य बलबाट नभई संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा गरिनुपर्ने बताएको छ।

तनावले क्षेत्रीय र विश्व शान्तिमा खलल पुर्‍याउन सक्ने भन्दै उत्तेजित नहुन सम्बन्धित पक्षहरूलाई सचेत गराइएको छ।विश्वका विभिन्न मुलुकहरूले यस घटनालाई लिएर चिन्ता व्यक्त गरिरहेका बेला नेपालले पनि असंलग्न परराष्ट्र नीतिको मर्म अनुरूप आफ्नो अडान स्पष्ट पारेको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.