जिट्को खारेजीको निर्णय प्रमाणीकरण: अब जापान जान सहज

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १२:३१

काठमाडौँ । जापानमा प्राविधिक अभ्यासार्थी पठाउनेसम्बन्धी ‘जिट्को’ निर्देशिका–२०६६ खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयलाई मुख्यसचिव सुमनराज अर्यालले प्रमाणीकरण गरेका छन् । यससँगै नेपाल जाइका अलुम्नाई एसोसिएसन (जान) ले लिँदै आएको भाषा परीक्षा र त्यसबापत लिने शुल्कको व्यवस्थासमेत अन्त्य भएको छ ।

झन्झटिलो र महँगो प्रक्रियाका कारण सेवा प्रवाहमा ढिलासुस्ती भएको भन्दै श्रम मन्त्रालयले सुशासन ऐनअनुसार यो निर्देशिका खारेज गर्न सिफारिस गरेको थियो । ११ पुसमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय कार्यान्वयनमा नल्याउन उच्च सरकारी कर्मचारी आबद्ध रहेको ‘जान’ संस्थाले दबाब दिए पनि मुख्यसचिवले त्यसलाई प्रमाणीकरण गरी कार्यान्वयनको बाटो खोलेका हुन् ।

जापान सरकारले नै अनिवार्य नगरेको भाषा परीक्षाको प्रमाणपत्र नभएकै कारण भिसा पाइसकेका श्रमिकलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन रोक्ने गरेको थियो । निर्देशिका खारेजीसँगै ‘जान’ ले लिने ३ हजार रुपैयाँ शुल्क र अनावश्यक भाषा परीक्षाको सिन्डिकेट हटेपछि जापान जाने नेपाली श्रमिकका लागि प्रक्रिया थप सहज र सुलभ हुने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.