क्यूआर कोडयुक्त स्मार्ट लाइसेन्सको छपाइ अपेक्षाभन्दा सुस्त

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ०७:३३

काठमाडौं । पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रबाट क्यूआर कोडसहितका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु भएको २ महिना बितिसक्दा पनि गति अपेक्षाअनुसार बढ्न सकेको छैन ।

गत कात्तिक २१ गतेदेखि सुरु भएको छपाइ प्रक्रियामा हालसम्म जम्मा ८ हजार ९ सय ८३ थान स्मार्ट लाइसेन्स मात्र छापिएका छन् । यातायात व्यवस्था विभागका अनुसार जेनजी आन्दोलनका क्रममा मास प्रिन्टरमा भएको तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २१ गते औपचारिक रूपमा छपाइको शुभारम्भ गरेका थिए । यसअघि कात्तिक १२ गते विभाग र केन्द्रबीच ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।

विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार हालसम्म छापिएका लाइसेन्समध्ये ७ हजार वितरण भइसकेका छन् । उनका अनुसार हाल अत्यावश्यक लाइसेन्स मात्रै छापिएको हो । नयाँ ट्रायल पास भएका र नवीकरणका लागि आवेदन दिएका गरी झण्डै ३० लाख लाइसेन्स छपाइ हुन बाँकी छ ।

केन्द्रले अब साधारण लाइसेन्स छपाइको तयारी गरिरहेको जनाएको छ । विभागले एकैपटक १ लाख डाटा पठाउने तयारी गरेको छ भने केन्द्रले बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी २ महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुरुआती चरण परीक्षणकाल भएकाले काम सुस्त देखिएको भन्दै माघदेखि गति बढाइने बताए । उनका अनुसार दैनिक १० हजारका दरले लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ ।

छापिएका नयाँ स्मार्ट लाइसेन्समा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ । केन्द्रका अनुसार कार्डमा ६ तहसम्म सुरक्षा प्रविधि र ३४ प्रकारका सुरक्षा विशेषता समावेश गरिएका छन् । सुरक्षण मुद्रण केन्द्रले आगामी दिनमा लाइसेन्ससँगै हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकरसमेत छाप्ने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.