मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट छैन, तोकिएकै मितिमा निर्वाचन हुन्छ : गृहमन्त्री अर्याल

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार ११:०२

ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव राख्ने वा पक्षपात गर्ने छुट नभएको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र सुशासन भएको स्पष्ट पारे।

जेनजी आन्दोलनपछि बनेको यो अन्तरिम प्रकृतिको सरकारको म्यान्डेट स्मरण गराउँदै गृहमन्त्री अर्यालले भने, ‘यो सरकार विशेष परिस्थितिमा बनेको हो। हाम्रो प्राथमिक काम तोकिएको समयमा स्वच्छ निर्वाचन गराउनु र सुशासनको प्रत्याभूति दिनु हो।’ उनले सरकार निर्वाचनको तयारीमा पूर्ण रूपमा होमिसकेकाले फागुन २१ गतेका लागि तय भएको निर्वाचन हुनेमा शंका नगर्न सबैलाई आग्रह गरे।

गृहमन्त्री अर्यालले तोकिएको मितिमा निर्वाचन हुन नसके देशले ठूलो राजनीतिक र संवैधानिक संकट सामना गर्नुपर्ने बताए। सुशासन कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘जेनजी विद्रोह सुशासनका लागि भएको थियो, त्यसैले सरकारले गरिरहेका सुधारात्मक काममा हौसला प्रदान गरी मनोबल बढाइदिन म सबै पक्षसँग अनुरोध गर्दछु।’

गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्नेतर्फ सरकारलाई सचेत गराए। उनले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायलाई आवश्यक साधन-स्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

आधुनिक प्रविधिको बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री बाँनियाले भने, ‘विगतमा जस्तो भौतिक भय र त्रास अहिले नभए पनि समाजमा अविश्वास व्याप्त छ। विशेषगरी कृत्रिम बौद्धिकता र इन्टरनेटको माध्यमबाट फैलिन सक्ने भ्रामक समाचारले निर्वाचनलाई प्रभावित पार्न सक्छ। यसप्रति गृह मन्त्रालय र सुरक्षा निकाय निकै चनाखो रहनुपर्छ।’

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको यो गोष्ठीमा बागमती प्रदेशका १३ वटै जिल्लाको सुरक्षा अवस्था, निर्वाचन केन्द्रित सुरक्षा योजना र चुनौतीबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री, सुरक्षा निकायका प्रमुखहरू र उच्च अधिकारीहरूको सहभागिता थियो।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.