
विराटनगर । मोरङको रंगेलीमा परालको टालीबाट लडेर १ जना वृद्धको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–४ चोप्राहाका अन्दाजी ७५ वर्षीय शिवनारायण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय असिन मण्डलको घरनजिकै रहेको बारीमा परालको टाली लगाएर झर्ने क्रममा शिवनारायण लडेर गम्भीर घाइते भएका थिए ।
उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ बिहीबार अपरान्ह ४ः३० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























