बाहिरी जिल्लाबाट मतदान गर्ने सुविधा यसपटक पनि ‘असम्भव’

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १७:१४

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा निर्वाचन आयोगले अन्तर क्षेत्र मतदानको व्यवस्था यसपटक पनि सम्भव नभएको प्रष्ट पारेको हो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि बनेको नयाँ सरकारले फागुनका लागि निर्वाचन घोषणा गरेसँगै देशभरबाट अन्तरक्षेत्र मतदानको माग उठेको थियो । विशेषगरी रोजगारी, शिक्षा र उपचारका लागि आफ्नो स्थायी ठेगानाभन्दा टाढा रहेका मतदाताहरूलाई लक्षित गरी यस्तो व्यवस्था गर्न आन्दोलनकारी समूहहरूले सरकार र आयोगलाई ठूलो दबाब दिएका थिए ।

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले कानुनी र प्राविधिक पूर्वतयारीका लागि समय अभाव भएकाले यसपटक यो व्यवस्था मिलाउन नसकिएको जानकारी दिए । ‘इच्छा हुँदाहुँदै पनि तत्कालै सबै प्राविधिक पक्ष मिलाउन नसकिएकाले यो पटक पुरानै व्यवस्था कायम रहनेछ,’ उनले भने ।

यद्यपि, आम मतदाताले यो सुविधा नपाए पनि अघिल्ला निर्वाचनमा जस्तै केही विशिष्ट समूहका लागि भने ‘अस्थायी मतदाता’ को व्यवस्था गरिएको छ । यसअन्तर्गत निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकले भने आफू रहेकै स्थानबाट मतदान गर्न पाउनेछन् ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.