दमकको थुक्पा फ्याक्ट्रीमा आगलागी, १ करोड ३० लाखको क्षति

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २५, शुक्रबार १७:४२
प्रतीकात्मक तस्बिर

विराटनगर । झापा दमकको एउटा थुक्पा फ्याक्ट्री र एउटा घरमा शुक्रबार बिहान ९ः४५ बजेतिर आगलागी हुँदा ठूलो क्षति भएको छ ।

दमक नगरपालिका–९ का पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो र पक्की पर्खाल भएको स्वस्तिक थुप्पा फ्याक्ट्रीबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगोले थुप्पा फ्याक्ट्रीसँगै रहेको ३ तले पक्की घरसमेत जलेको छ ।

फ्याक्ट्री र त्यहाँ रहेका सामानसहित घर र घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट गएका दमकल र स्थानीयको सहयोगमा करिब डेढ घण्टापछि आयो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा १ करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण प्रष्ट भइसकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.