निर्माणाधीन भवनबाट लडेर मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ०८:१४

झापा । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गर्दै आएको ईस्टर्न होटलको निर्माणाधीन भवनबाट लडेर कामदारको मृत्यु भएको छ ।

भवनको चौथो तलामा कामदारले फलामको पाइप सार्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनबाट खसेर घाइते भएका सप्तरीको खडक नगरपालिका–१ का २१ वर्षीय नरेशकुमार मण्डलको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेची आम्दा अस्पताल धुलाबारीमा शुक्रबार साँझ ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले घटनाको अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.