संसारीमाई मन्दिरको निरीक्षणमा मन्त्री पराजुली

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २६, शनिबार ११:०३

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले मोरङको प्रसिद्ध संसारीमाई मन्दिरको निरीक्षण गरेका छन्। शनिबार बिहान मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै उनले प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका विभिन्न संरचनाहरूको वस्तुस्थिति बुझेका हुन्।

निरीक्षणका क्रममा हजारौँ भक्तजनको उपस्थिति हुने मन्दिर परिसरमा शौचालय अत्यन्तै अव्यवस्थित देखिएपछि मन्त्री पराजुलीले असन्तुष्टि व्यक्त गरे। उनले निर्माण व्यवसायीलाई तत्काल कार्यस्थलमै बोलाएर एक साताभित्र नयाँ निर्माण भइरहेको शौचालय सञ्चालनमा ल्याउन कडा निर्देशन दिएका छन्। सात दिनपछि आफू पुनः निरीक्षणमा आउने जानकारी दिँदै उनले त्यसबेलासम्म शौचालय सुचारु नभए कडा कदम चाल्ने चेतावनी समेत दिए।

आफ्नो कार्यकालमा संसारीमाई मन्दिरलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठूलो सहयोग र साथ रहने प्रतिबद्धता मन्त्री पराजुलीले जनाए। मन्दिरमा केही समयअघि भएको चोरीको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीलाई निर्देशन दिइसकेको बताए।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.