‘कुमारी’को प्रचारका लागि देशव्यापी कन्सर्ट: दमकदेखि नेपालगन्जसम्म

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २६, शनिबार १२:१०

काठमाडौँ । आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित प्रेमकथानक चलचित्र ‘कुमारी’ले देशव्यापी साङ्गीतिक यात्रा मार्फत आफ्नो प्रचारप्रसार सुरु गर्ने भएको छ। चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को आयोजना गर्न लागिएको हो।

बिहीबार साँझ काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले चलचित्रका गीतहरू प्रस्तुत गर्दै टुरको आधिकारिक ट्रेलर सार्वजनिक गरे। बिग मार्टको प्रस्तुति र किङ्स हिल प्रिमियमको सहकार्यमा हुने यो एकीकृत प्रमोसनल टुरमा ब्यान्डका साथै चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउतको टोली सहभागी हुनेछ।

यस्तो छ कन्सर्टको कार्यतालिका:

माघ १ गते: नेपालगन्ज

माघ ३ गते: पोखरा

माघ ६ गते: चितवन

माघ ९ गते: काठमाडौँ (भृकुटीमण्डप)

माघ १७ गते: दमक

काठमाडौँमा हुने कन्सर्टकै अवसर पारेर चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिने आयोजकले जनाएको छ। हाल यस चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। बिहीबारको कार्यक्रममा गायक केहरले ‘डोको बुन्ने’ र ‘कता छौ मेरो फूल’ बोलका गीतहरू गाएर माहोल तताएका थिए।

निर्देशक दिनेश राउतका अनुसार साङ्गीतिक टुरमार्फत चलचित्र र सङ्गीतलाई एउटै उत्सवको रूपमा मनाउँदै दर्शकलाई हलसम्म तान्ने लक्ष्य राखिएको छ। विकास सुवेदीको लेखन र महेन्द्र अधिकारीको निर्माणमा तयार भएको ‘कुमारी’लाई यस वर्षको सशक्त प्रेम कथाको रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×