पृथ्वीनारायण शाहको स्मरणले राष्ट्रिय स्वाधीनता र एकताको चेतना जागृत गर्छ : राष्ट्रपति पौडेल

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २७, आइतबार ०९:०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको योगदान आधुनिक नेपालको निर्माण र राष्ट्रिय स्वाधीनताको स्थापनासँग अविच्छिन्न रूपमा जोडिएको बताएका छन् ।

३०४औँ पृथ्वी जयन्तिको अवसरमा जारी सन्देशमा राष्ट्रपति पौडेलले स–साना राज्यमा विभाजित भूभागलाई एकीकरण गरी पृथ्वीनारायण शाहले आधुनिक नेपाल राष्ट्रको आधार तयार गरेको उल्लेख गरेका छन् । उनका अनुसार पृथ्वीनारायण शाहलाई सम्झँदा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र आधुनिक नेपालको साझा पहिचान स्पष्ट रूपमा देखिन्छ ।

राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको अभियानलाई विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपालका रूपमा गर्व गर्न सक्ने अवस्थामा पुगेको बताए । राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सुख, शान्ति र समृद्धिका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.