बार्सिलोनालाई स्पेनी सुपर कपको उपाधि

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २८, सोमबार ११:००

स्पेनी सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ। साउदी अरेबियाको जेद्दाहमा भएको रोमाञ्चक फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो पटक तथा समग्रमा १६औँ पटक उपाधि हात पारेको हो।

खेलको पहिलो हाफमै दुबै टोलीबाट २–२ गोल हुँदा प्रतिस्पर्धा निकै रोचक बनेको थियो। विशेषगरी इन्जुरी समयमा तीन गोल हुँदा खेल थप नाटकीय बनेको थियो। दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गरेपछि प्रशिक्षक हान्सी फ्लिकको टोलीले ऐतिहासिक उपाधि जित्न सफल भयो। गत वर्षको फाइनलमा पनि बार्सिलोनाले रियललाई ५–२ ले पराजित गर्दै सुपर कप जितेको थियो। ७३औँ मिनेटमा ब्राजिली फरवार्ड राफिन्हाले गरेको गोल निर्णायक बन्यो।

बार्सिलोनाले ३६औँ मिनेटमा राफिन्हाको गोलमार्फत अग्रता लिएको थियो। तर इन्जुरी समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए। जुनियरले गत अक्टोबरयता १७ खेलपछि रियलका लागि गोल गर्न सफल भएका थिए। त्यसको एक मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर केही क्षणमै गोन्जालो गार्सियाले गोल फर्काएपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुबै टोलीले सीमित अवसर पाए पनि बार्सिलोनाले त्यसको सदुपयोग गर्दै बाजी मार्यो। इन्जुरी समयमा केलियन एम्बाप्पेमाथि खतरनाक ट्याकल गरेको आरोपमा फ्रेन्की डे योङले सिधै रातो कार्ड पाएका थिए। घुँडाको चोटबाट निको भइसकेका एम्बाप्पे सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। अन्ततः बार्सिलोनाले अग्रता जोगाउँदै सन् २०११ पछि पहिलो पटक लगातार दुई पटक स्पेनी सुपर कप जित्न सफल भयो।

हाल उत्कृष्ट फर्ममा रहेको बार्सिलोनाले लगातार १० खेल जितेको छ। गत नोभेम्बरमा च्याम्पियन्स लिगमा चेल्सीसँग पराजय भोगेपछि टोली अपराजित यात्रामा छ। स्पेनी टोलीहरूसँग भने उनीहरू अक्टोबर २६ यता अपराजित छन्। पछिल्लो एल क्लासिकोमा भने सान्टियागो बर्नाबेउमा रियलले जित निकालेको थियो।

यो उपाधि हान्सी फ्लिकको प्रशिक्षणमा सम्भावित सफल सिजनको पहिलो ट्रफी बनेको छ। हाल ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रियलभन्दा चार अंकले अघि छ।

यो लगातार चौथो पटक एल क्लासिको सुपर कप फाइनल भएको हो। फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले जितेका तीनवटै फाइनल रियलविरुद्ध नै आएका छन्। उनले दुई सुपर कप र एक कोपा डेल रे जितिसकेका छन्। जर्मन प्रशिक्षक फ्लिकले आफू सहभागी भएका सबै आठ फाइनल जित्ने कीर्तिमान पनि कायम राखेका छन्, जसमा बायर्न म्युनिखसँग जितेका पाँच फाइनल समावेश छन्।

रियल म्याड्रिडका लागि भने यो सिजन उतारचढावपूर्ण रहँदै आएको छ। ला लिगाका पछिल्ला छ खेलमध्ये चार जित निकाले पनि लिग र युरोपमा अस्थिर प्रदर्शनले क्लब र समर्थकको अपेक्षा पूरा हुन सकेको छैन। यसै कारण प्रशिक्षक जाबी अलोन्सोको भविष्यलाई लिएर प्रश्न उठ्न थालेका छन्।

चार टोली सहभागी हुने स्पेनी सुपर कप सन् २०२० यता साउदी अरेबियामा आयोजना हुँदै आएको छ। स्पेनी फुटबल महासंघले यो प्रतियोगिता सन् २०२९ सम्म साउदी अरेबियामै आयोजना गर्ने सम्झौता नवीकरण गरिसकेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×