नेपालको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार ११:५८

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमा नै विकास गरेको ‘मुनाल’ नामक उपग्रह आज सोमबार प्रक्षेपण गर्दैछ। उच्च माध्यमिक तहका विद्यार्थीको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकासमा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको यो उपग्रह मुख्यतः वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ। यसको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट हुने नास्टले जनाएको छ।

नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार मुनाल उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको ‘पीएसएलभी–सी५९’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा अन्तरिक्षमा पठाइनेछ। भारतीय समयअनुसार बिहान १०:१७ बजे र नेपाली समयअनुसार १०:३२ बजे भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट यसको प्रक्षेपण हुने तालिका छ। यो परियोजनाले नेपाली विद्यार्थी र वैज्ञानिकहरूलाई अन्तरिक्ष प्रविधिको क्षेत्रमा थप हौसला र अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.