कांग्रेस विशेष महाधिवेशनद्वारा कार्यविधि पारित: वर्तमान कार्यसमिति विघटन, नयाँ नेतृत्व चुनिने

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १२:०८

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ। सोमबार बसेको बन्दसत्रले यो कार्यविधि पारित गरेसँगै पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति विघटन र नयाँ नेतृत्व चयनका लागि वैधानिक बाटो खुलेको हो।

कार्यविधिमा २०७८ सालमा सम्पन्न चौधौँ महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको उल्लेख गर्दै सो समिति विघटन गर्ने व्यवस्था गरिएको छ। १५औँ महाधिवेशन नहुँदासम्मका लागि पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिने कार्यविधिमा प्रष्ट पारिएको छ। यसका साथै चौधौँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिलाई पनि यही महाधिवेशनमार्फत विघटन गरिने भएको छ।

नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन एक जना संयोजक र चार जना सदस्यसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने व्यवस्था गरिएको छ। यस समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनेछ। महाधिवेशनका निर्णयहरू प्रमाणित गर्न छुट्टै ५ सदस्यीय ‘निर्णय प्रमाणीकरण समिति’ समेत गठन गरिनेछ।

कार्यविधिका मुख्य प्रावधानहरू:

अध्यक्षता: महाधिवेशनको अध्यक्षता सभापतिले गर्ने, उनको अनुपस्थितिमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने।

प्रस्तावहरू: समसामयिक राजनीतिक समीक्षा, नीति, विधान संशोधन र संरचनागत सुधारका विषयमा छलफल हुने।

निर्णय प्रक्रिया: प्रस्तावहरूमाथि सामूहिक छलफल हुने र बहुमत प्रतिनिधिको ‘ध्वनी मत’ का आधारमा पारित गरिने।

निर्णय पुनरावलोकन: विगतमा केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले गरेका निर्णयहरूलाई पुनरावलोकन गर्ने, निष्क्रिय पार्ने वा खारेज गर्ने अधिकार महाधिवेशनलाई हुने।

गणपूरक सङ्ख्या: कुल प्रतिनिधिको ५० प्रतिशतभन्दा बढी उपस्थिति अनिवार्य।

यो कार्यविधि पारित भएसँगै कांग्रेसभित्रको शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ। विशेष महाधिवेशन पक्षधरले अब निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गर्ने तयारी थालेका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.