
काठमाडौँ । सरकारले राष्ट्रिय सभाको आगामी अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गतेका लागि अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता जगदीश खरेलले बैठकको निर्णयबारे जानकारी दिँदै निर्धारित मितिमा माथिल्लो सदनको बैठक बस्ने गरी तयारी अघि बढाइएको बताउनुभयो । नेपालको संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने प्रावधान रहेको छ ।

























