
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। कांग्रेसले उनलाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको भए पनि पौडेलले सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन्।
आफ्नो नाम फिर्ता लिएको पुष्टि गर्दै उनले व्यक्तिगत वा अन्य कारणले उम्मेदवार नरहने निर्णय गरेकी हुन्। पौडेलले नाम फिर्ता लिएपछि अब नेपाली कांग्रेसले उनको रिक्त स्थानमा निर्वाचन आयोगको नियम अनुसार अर्को उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउनेछ। राष्ट्रपति परिवारको सदस्य सक्रिय राजनीति र निर्वाचनको सूचीमा रहँदा हुने सम्भावित आलोचना वा व्यक्तिगत प्राथमिकताका कारण उनले यो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ।

























