फागुन २१ को निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १५:१०

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्च अदालत पुगेर निर्वाचन कार्यतालिका र माघ ६ गतेदेखि सुरु हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ता लगायतका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका हुन्। रिट निवेदनमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

निवेदकले संसद् विघटनको वैधानिकतालाई लिएर यसअघि नै दायर भएका रिटहरू सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचनका कार्यक्रम अगाडि बढाउनु न्यायसंगत नहुने जिकिर गरेका छन्। विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै रिटमा उक्त प्रक्रिया तत्काल रोक्न माग गरिएको छ। अधिवक्ता पौडेलले सर्वोच्च अदालतबाट संसद् विघटन सम्बन्धी मुद्दाको अन्तिम फैसला नभएसम्म निर्वाचन सम्बन्धी कुनै पनि कार्य अघि बढाउनु संविधान र कानुनको भावना विपरीत हुने उल्लेख गरेका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.