२०८१ असारमा हराएकाे बस त्रिशूलीमा बालुवाले पुरेकाे अवस्थामा भेटियाे

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २९, मंगलबार १९:०२

काठमाडौं । २०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएकाे दुई बस मध्ये एउटा बस बालुवाले पुरेकाे अवस्थामा भेटिएकाे छ ।

मंगलबार त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्सको बस फेला परेको हाे । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्वोन्द्राङ बेसीनजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्टपुर्जा फेला परेको थियो ।

पार्टपुर्जा देखिएपछि सो गाडी खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स सिमलतालबाट पहिरोसहित नदीमा खसेकाे थियाे ।

गणपति डिलक्समा सवार ३१ जनामध्ये तीनजनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । १४ जनाको शव फेला परेको थियो । अन्य अझै बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.