देउवासँग सहमति नजुटेपछि महामन्त्रीद्वय कानुनी परामर्शमा

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १०:५९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा ठोस सहमति नजुटेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श सुरु गरेका छन्। पार्टीको आन्तरिक विवाद र विशेष महाधिवेशनको प्रक्रियाका बीच महामन्त्रीद्वयले कानुनविद् तथा आफू निकट नेताहरूसँग निरन्तर छलफल गरिरहेका हुन्।

बुधबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा सभापति देउवाले टिकट वितरणको अधिकारबारे मध्यमार्गी प्रस्ताव अघि सारेका थिए। उनले विद्यमान कानुनले अनुमति दिने भए आगामी प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई टिकट दिँदा हस्ताक्षर गर्ने अधिकार अर्को नेतालाई सुम्पन आफू तयार रहेको बताएका छन्। राष्ट्रिय सभा निर्वाचन र समानुपातिकको बन्दसूचीमा आफ्नै हस्ताक्षर गइसकेको उल्लेख गर्दै देउवाले अबको निर्वाचनमा अर्कैलाई अधिकार दिने विषयमा कानुनी निर्क्योल गरेर अघि बढ्न सकिने आश्वासन दिएका हुन्।

सोही अवसरमा सभापति देउवाले आगामी वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट आफू नेतृत्वमा नदोहोरिने स्पष्ट पारेका छन्। विधानअनुसार पनि आफू उम्मेदवार हुन नपाउने र सार्वजनिक रूपमा पनि घोषणा गरिसकेकाले त्यतिञ्जेल धैर्य गर्न उनले महामन्त्रीद्वयलाई आग्रह गरेका थिए। तर, देउवाको यो भनाइप्रति पूर्ण रूपमा आश्वस्त नभई महामन्त्रीद्वय थप छलफल आवश्यक रहेको भन्दै बाहिरिएका थिए।

यता भृकुटीमण्डपमा महामन्त्रीद्वयको नेतृत्वमा नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएको छ। यद्यपि, सभापति देउवा र डा. शेखर कोइराला समूहले यसलाई मान्यता दिएका छैनन्। केन्द्रीय सदस्य प्रकाश स्नेहीले भने पार्टी एकताको आवश्यकता औँल्याउँदै वार्तामार्फत सहमति हुने सम्भावना अझै जीवित रहेको बताएका छन्। हाल भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता गरेका छैनन्।

पार्टीभित्रको यो विवाद समाधानका लागि दुवै पक्षबाट वार्ता समितिहरू गठन गरिएका थिए। संस्थापन र कोइराला पक्षबाट बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल र जीवन परियार सहभागी थिए भने विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्तामा थिए। वार्ता समितिले निकास निकाल्न नसकेपछि अहिले शीर्ष तहमै खिचातानी र कानुनी परामर्शको चरण सुरु भएको हो।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.