सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १२:३९

काठमाडौँ । सरकार र ‘जेनजी’ प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बुधबारदेखि उक्त मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढेको हो।

गत मङ्सिर २४ गते सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौता संविधानको मर्म विपरीत रहेको दाबी गर्दै सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदनहरू दायर भएका थिए। अधिवक्ता डा. प्रेमराज सिलवालसहित अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीले पुस ३ गते उक्त रिट दायर गरेका हुन्।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ। यसअघि पुस ४ गते न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस विषयमा प्रधानमन्त्री कार्कीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो। अदालतले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले गरिएको भनिएको १० बुँदे सम्झौताले राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुर्‍याउने रिट निवेदकहरूको जिकिर छ। उनीहरूले मुद्दाको अन्तिम फैसला नआउँदासम्म सम्झौताका प्रावधानहरू कार्यान्वयन नगर्न र सरकारलाई यस्ता कार्यमा रोक लगाउन अन्तरिम आदेशको माग समेत गरेका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.