झापाको गिरी चोकमा पिकअप दुर्घटना, २ जना घाइते

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३०, बुधबार १३:३४

भद्रपुर । झापाको भद्रपुर नगरपालिका-६ स्थित गिरी चोकमा आज बिहान एउटा पिकअप अनियन्त्रित भई दुर्घटना भएको छ। बनियानीबाट चन्द्रगढीतर्फ जाँदै गरेको को २ च १६४६ नम्बरको पिकअप बिहान करिब ११ बजे सडकमा पल्टिएको हो।

दुर्घटनामा परी पिकअपमा सवार ५ जनामध्ये दुई जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा झापाको अनारमनी नगरपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय विक्रम सहनी र सोही स्थानका ४२ वर्षीय तेजेन्द्र सहनी रहेका छन्। तेजेन्द्रको मुख र दाहिने हातमा चोट लागेको छ भने विक्रमको बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ। उनीहरू दुवैको अवस्था सामान्य रहेको र हाल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ।

पिकअपका चालक दमक नगरपालिका-९ निवासी २२ वर्षीय सुमन लमजेल सार्की, कमल गाउँपालिका-६ का २२ वर्षीय राहुल सहनी र अनारमनी-१ का ३९ वर्षीय विष्णु पौडेल भने दुर्घटनामा सकुसल रहेका छन्।

घटनालगत्तै वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) दिनेश कुमार चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनलाई सडकको छेउमा व्यवस्थापन गरिसकेको र हाल उक्त सडक खण्डमा यातायात आवतजावत सुचारु रहेको जानकारी दिएको छ। पिकअप आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.