आधिकारिकता खोज्दै गगन समूह निर्वाचन आयोग जाने, वैधानिकता आफूहरूकै हुने दाबी

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार ०१:५१

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ। सभापतिमा निर्वाचित भएपछि बिहीबार बिहान नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन्।

उनले विशेष महाधिवेशनको तयारी र प्रक्रियाका बारेमा आयोगलाई यसअघि नै जानकारी गराइसकेको उल्लेख गर्दै आयोगले कुनै पनि अवैध शक्ति वा दबाबको प्रभावमा नपरी न्यायोचित निर्णय गर्ने विश्वास व्यक्त गरे। ‘हामीले विधान र संविधानको पालना गरेका छौँ, ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र समर्थन हामीसँग छ,’ थापाले भने, ‘त्यसैले यो कार्यसमिति नै कांग्रेसको एक मात्र वैधानिक समिति हो र आयोगले हामीलाई नै आधिकारिकता दिनेमा हामी ढुक्क छौँ।’

मध्यराति भृकुटीमण्डपमा भएको सम्बोधनका क्रममा थापाले निकै भावुक हुँदै पार्टीको गरिमा र शान राख्ने प्रतिबद्धता जनाएका थिए। ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदा मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। यो जिम्मेवारी सुम्पिएर तपाईंहरूले जुन विश्वास गर्नुभएको छ, म कसैको पनि शिर झुक्न दिने छैन,’ उनले भने। उनले अहिलेको विशेष महाधिवेशन रहर नभई पार्टीलाई नयाँ जीवन दिन चालिएको बाध्यकारी र जोखिमपूर्ण कदम भएको समेत स्पष्ट पारे।

उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पनि गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ ऊर्जा र प्रस्ट दृष्टिकोणसहित जनतामाझ जाने बताएका छन्। उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै आगामी १०-१५ वर्षभित्र नेपाललाई समुन्नत राष्ट्र बनाउने सपना बोकेर कांग्रेस अघि बढ्ने उद्घोष गरे।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.