झापाका प्रजिअलाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १०:३२

झापा । झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा अभय राजवंशी पक्राउ परेका छन्। बिर्तामोडस्थित ‘नाइटलाईफ डान्सबार’ बाट राति प्रहरीले उनीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का ४४ वर्षीय अभय राजवंशी, डान्सबार सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड–१ का ४१ वर्षीय रमेश राजवंशी रहेका छन्।

घटनाको विवरण अनुसार, गत पुस २९ गते झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित ‘भाक्का दिवस’ को कार्यक्रममा अभय राजवंशीले प्रजिअ शिवराम गेलालविरुद्ध अभद्र शब्दहरू प्रयोग गरेका थिए। सोही विषयमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालय झापाले उनलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो।

जिल्ला प्रशासनको आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डान्सबारमा रहेका अभयलाई नियन्त्रणमा लिएको हो। अभयलाई समात्ने क्रममा प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेपछि डान्सबार सञ्चालिका नविना र रमेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकामध्ये अभयलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ भने रमेशलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमै राखिएको छ। डान्सबार सञ्चालिका नविनालाई भने राति नै आवश्यक परेको बेला उपस्थित हुने गरी उनका श्रीमानको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.