
विराटनगर । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एक–आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भद्रपुर नगरपालिकाका डेढ वर्षीय बालक आरुति राजवंशीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको छ । उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको पनि बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । जसमध्ये बी एण्ड सी अस्पतालमा उपचाररत ३ जनाको अवस्था सामान्य छ भने बिर्तासिटी अस्पतालमा उपचाररत ८ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
बी एण्ड सी अस्पतालमा उपचाररत घाइतेहरू:
१. फुलमुन्नि मुर्मु (६५ वर्ष, मेचीनगर–१५) – अवस्था सामान्य
२. जमुना राजवंशी (४२ वर्ष, मेचीनगर–१५) – अवस्था सामान्य
३. अनिष राजवंशी (११ वर्ष, मेचीनगर–१५) – अवस्था सामान्य
बिर्तासिटी अस्पतालमा उपचाररत घाइतेहरू:
१. पुष्पलाल राजवंशी (४० वर्ष, भद्रपुर–४) – अवस्था मध्यम
२. आफुद राजवंशी (४० वर्ष, भद्रपुर–८) – टाउको र खुट्टामा चोट, अवस्था गम्भीर
३. आशिष राजवंशी (१५ वर्ष, सुस्माका छोरा) – अवस्था सामान्य
४. टेमुना राजवंशी (४० वर्ष, भद्रपुर–९) – अवस्था मध्यम
५. अन्जली राई (२९ वर्ष, शिवसताक्षी–१०) – अवस्था मध्यम
६. अभिषेक राजवंशी (२४ वर्ष, बिर्तामोड–३) – अवस्था सामान्य
७. कृतिका राजवंशी (१५ वर्ष, मेचीनगर–१५) – अवस्था सामान्य
८. पाथल राजवंशी (४५ वर्ष, भद्रपुर–४) – अवस्था गम्भीर
दुर्घटनापछि बस चालक फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ बस्ने ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























