महान्यायाधिवक्ताको कार्यालय इतिहासकै कलङ्कित र लज्जाको विषय बन्यो : ओली

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १७:१६

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलङ्कित र लज्जाको विषय बनेको भन्दै कडा आलोचना गरेका छन्। रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयप्रति लक्षित गर्दै अध्यक्ष ओलीले यस्तो आक्रोश व्यक्त गरेका हुन्।

बिहीबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विधिको शासन अन्त्य भएको दाबी गरे। ‘अहिले थिति र विधिको होइन, जसको लाठी उसको भैँसी जस्तो शासन चलेको छ,’उनले प्रश्न गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, यो अत्यन्तै लज्जाको विषय हो। यस्तो पनि कतै हुन्छ?’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आजको राजनीतिमा दुई धारबीच लडाइँ चलिरहेको बताए। प्रतिक्रियावादीहरू नेपालमा नेपालीको सरकार बन्न नदिन लागिपरेको आरोप लगाउँदै उनले थपे, ‘उनीहरूको गन्तव्य नेपालमा विदेशीको इसारामा चल्ने सरकार बनाउनु हो, तर हाम्रो अडान नेपालीकै सरकार हुनुपर्छ भन्ने हो।’ उनले नेपालीकै सरकार हुनुपर्छ भन्नेहरूको घर छानिछानी आगो लगाइएको र राज्यका तीनै अङ्ग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका) माथि प्रहार भइरहेको गुनासो गरे।

विदेशीको योजनाअनुसार अभियुक्तहरूको अभियोग परिवर्तन गरिएको टिप्पणी गर्दै ओलीले जनताको हिनामिना भएको पैसाको जिम्मा कसले लिन्छ भन्दै सरकारलाई प्रश्न गरे। उनले भने, ‘जनताको पैसा कसले तिर्छ? के महान्यायाधिवक्ताको कार्यालयले तिर्छ? हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ, अरू बन्यो भने ढाल्छौँ।’

सोही कार्यक्रममा मेघनाथ पौडेललाई सम्मान समेत गरिएको थियो। वि.सं. २०४० सालको पिस्कर काण्डमा तत्कालीन पञ्चायती सरकारले परिवर्तनको पक्षमा उभिएको भन्दै वीरबहादुर थामी र इले थामीको हत्या गरेको स्मरणमा यो कार्यक्रम आयोजना गरिएको हो।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.