देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार ०९:१४

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छ। आगामी माघ ६ गते हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयनलाई मध्यनजर गर्दै आयोगले सबै क्षेत्रमा कार्यालय खोलेर कर्मचारी खटाउने तयारी पूरा गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार आजदेखि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू सञ्चालनमा आउनेछन्। आयोगले यसअघि नै प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरूको नाम तय गरिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एक-एकवटा निर्वाचन क्षेत्रको जिम्मेवारी सुम्पिएको छ।

आयोगले न्याय परिषद्सँगको परामर्शमा जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गरेको हो। यी कार्यालयहरू स्थापना भएसँगै उम्मेदवारी दर्ता, दाबी विरोध, र निर्वाचनसम्बन्धी अन्य व्यवस्थापकीय कार्यहरू सम्बन्धित क्षेत्रबाटै अघि बढ्नेछन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.