कांग्रेसको आधिकारिकता विवाद: देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार ०९:५६

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन (शेरबहादुर देउवा) पक्षका नेताहरू आज बिहानै निर्वाचन आयोग पुगेका छन्। कान्तिपथस्थित आयोगको कार्यालयमा देउवा पक्षका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायतको टोली पुगेको हो।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले ‘विशेष महाधिवेशन’ मार्फत नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसमा अहिले आधिकारिकताको ठूलो विवाद सिर्जना भएको छ। गगन–विश्व पक्षले बिहीबार नै आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइसकेको छ। सोही निवेदनका आधारमा आयोगले कुनै निर्णय लिनुअघि आफ्नो पक्षमा दबाब सिर्जना गर्ने उद्देश्यले देउवा पक्षका नेताहरू आयोग पुगेको बुझिएको छ।

यसैबीच, देउवा पक्ष निकटका तरुण दलका कार्यकर्ताहरूले निर्वाचन आयोग घेर्ने तयारी समेत गरेका छन्। पार्टीको आधिकारिकता र चुनाव चिन्हको विषयलाई लिएर दुवै पक्षबीच विवाद बढ्दै जाँदा निर्वाचन आयोग अहिले ठूलो कानुनी र राजनीतिक दबाबमा परेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.