न्यायको पर्खाइमा जेनजी योद्धाका परिवार: प्रधानमन्त्री कार्यालयको ढोकामै धर्ना

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १२:२५

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू र सहिद परिवारले आफ्ना मागहरू पूरा नभएको भन्दै शुक्रबार प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्। सरकारले विगतमा गरेका प्रतिबद्धताहरू कार्यान्वयन नगरेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

धर्नामा सहभागीहरूले प्रधानमन्त्री कार्यालयको मूल प्रवेशद्वार परिसरमा आन्दोलनका सहिदहरूको तस्बिर अङ्कित ब्यानर राखेर प्रदर्शन गरेका थिए। उनीहरूले सहिद परिवारको उचित व्यवस्थापन, घाइतेहरूको निःशुल्क उपचार र रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्।

“हामीले रगत बगाएर परिवर्तन ल्याउन खोज्यौँ, तर आज सहिद परिवार र घाइतेहरूलाई सरकारले बिर्सिएको छ,” धर्नामा सहभागी एक आन्दोलनकारीले भने। उनीहरूले आफ्ना मागहरू तत्काल पूरा नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।

प्रधानमन्त्री कार्यालय आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ भने धर्नाका कारण सिंहदरबार प्रवेश गर्ने केही समयका लागि प्रभावित भएको थियो।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.