१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १३:४७

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशैभर निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। निर्वाचन सञ्चालन तथा व्यवस्थापनलाई विकेन्द्रीकृत र प्रभावकारी बनाउन आयोगले आज शुक्रबार देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याएको हो।

माघ ६ गते हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयनलाई मध्यनजर गर्दै आयोगले यी कार्यालयहरू खोलेको हो। उम्मेदवारी दर्ता, दाबी–विरोध, निर्वाचन चिह्न प्रदानदेखि मतदान र मतगणनासम्मका सबै प्रक्रियाहरू सम्बन्धित निर्वाचन क्षेत्रकै कार्यालयमार्फत सम्पन्न हुनेछन्।

आयोगले ७७ जिल्लाका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। जसमा न्यायपरिषद्को सिफारिसमा जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी दिइएको छ। बाँकी ८८ निर्वाचन क्षेत्रका लागि निजामती सेवा र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत दुवैलाई एउटा–एउटा निर्वाचन क्षेत्रको प्रत्यक्ष कमान्ड सम्हाल्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। आज कार्यालय स्थापना भएसँगै ती क्षेत्रहरूमा आवश्यक जनशक्ति व्यवस्थापन र सामग्री ढुवानीको काम अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम रहेकाले सो पूर्व नै सबै प्राविधिक तयारी पूरा गर्न आयोगले निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.