कोशीका हिमाली र पहाडी जिल्लामा निर्वाचन प्रहरीका लागि दरखास्त दिन २ दिन थप

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २, शुक्रबार १५:५४

विराटनगर। कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाहरूमा निर्वाचन प्रहरीका लागि दरखास्त दिने समय दुई दिन थप गरिएको छ। जिल्लागत रूपमा निर्धारित कोटाभन्दा कम आवेदन परेपछि प्रदेश प्रहरीले म्याद थप गर्ने निर्णय गरेको हो।

निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्मको समय तोकिएको भए पनि झापा, मोरङ, सुनसरी, उदयपुर र संखुवासभा बाहेकका ९ जिल्लामा आवेदन न्यून देखिएको छ। कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार प्रदेशका लागि कुल २५ हजार ९ सय ७५ कोटा निर्धारण गरिएकोमा बिहीबारसम्म २७ हजार ५ सय ५३ आवेदन परेका छन्। यद्यपि, भौगोलिक आधारमा नेपाल प्रहरीतर्फ १ हजार ९ सय ९२ र सशस्त्र प्रहरीतर्फ ९ सय १९ जना जनशक्ति अझै अपुग छ।

नेपाल प्रहरीतर्फ धनकुटा, इलाम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र ताप्लेजुङमा कोटाभन्दा कम दरखास्त परेको छ। झापा, मोरङ र सुनसरीमा भने निर्धारित संख्याभन्दा बढी आवेदन परेका छन्। थपिएको अवधिमा पनि संख्या पर्याप्त नभए बढी आवेदन परेका जिल्लाका वैकल्पिक उम्मेदवारहरूलाई अपुग भएका ठाउँमा व्यवस्थापन गरिने घिमिरेले जानकारी दिए।

नयाँ कार्यतालिका अनुसार माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया चल्नेछ भने १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ। माघ १५ गतेदेखि प्रशिक्षण सुरु हुने निर्वाचन प्रहरीले ४० दिन कार्यक्षेत्रमा खटिँदा प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसा सुविधा पाउनेछन्।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.