
काठमाडौं । नेपाली कांग्रेसको विभाजन र आधिकारिकताको विवाद चर्किएपछि निर्वाचन आयोग परिसरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। आसन्न निर्वाचनको तयारी भइरहेका बेला शेरबहादुर देउवा र गगन थापा नेतृत्वका दुवै समूहले आधिकारिकता दाबी गर्दै शक्ति प्रदर्शन गरेपछि सुरक्षा चुनौती बढेको हो।
अहिले निर्वाचन आयोगको मुख्यद्वारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सम्भावित मुठभेडलाई मध्यनजर गर्दै ‘वाटर क्यानन’ समेत तयारी अवस्थामा राखिएको छ।
केहीबेरअघि गगन थापा नेतृत्वको समूहले आयोगमा धर्ना दिएको थियो भने लगत्तै देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ता र तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितको टोली पनि धर्ना दिन पुगेको छ।
दुवै पक्षका नेता-कार्यकर्ताको बाक्लो उपस्थितिले आयोग परिसरमा तनावपूर्ण स्थिति सिर्जना भएको छ।

























