नेकपाका झापा संयोजकआचार्यले छोडे पार्टी

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १८:४४

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्। आचार्यले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीसँगको झण्डै तीन दशक लामो सम्बन्ध टुटाएको जानकारी दिएका हुन्।

आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन्, ‘प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य, स्वतन्त्र नागरिकको हैसियतमा अबको जीवन अगाडि बढ्नेछ।’ आगामी निर्वाचनका लागि टिकट वितरणमा नेतृत्वले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छोडेको हुनसक्ने उनी निकट स्रोतले बताएको छ। यद्यपि, आचार्य आफैँले भने पार्टी छोड्नुको ठोस कारणबारे थप खुलाउन चाहेनन्।

झापामा माओवादी आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका आचार्यको बहिर्गमनलाई जिल्लाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी चुनावी सरगर्मी बढिरहेका बेला जिल्ला संयोजकले नै पार्टी त्याग्नुले माओवादी केन्द्रलाई झापामा धक्का पुग्ने विश्लेषण गरिएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.