नेकपाले टुङ्ग्यायो कोशीका ९ उम्मेदवार

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १८:४६

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी टुङ्गो लगाएको छ। पार्टीका नेता हरिबोल गजुरेल ‘सितलकुमार’ का अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाइएको छ।

यस्तै भोजपुरमा अजम्बर काङमाङ राई, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी र पाँचथरमा हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम टुङ्गिएको छ। यी चारै जना उम्मेदवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिकट हस्तान्तरण गरिसक्नुभएको छ।

अन्य क्षेत्रका उम्मेदवारहरू माओवादी केन्द्रले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मनोज भट्टराई, मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेलाई उठाउने अन्तिम निर्णय गरेको छ। यसैगरी झापा क्षेत्र नम्बर १ का लागि अशेष घिमिरेको नाम टुङ्ग्याइएको छ।

उम्मेदवारको नाम फाइनल भए पनि टिकट वितरणको बाँकी काम भने आइतबार दिनभरमा सकिने नेता गजुरेलले जानकारी दिनुभयो। माघ ६ गते हुने मनोनयन दर्तालाई लक्षित गर्दै माओवादीले आफ्ना उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्ने तयारी तीव्र पारेको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.