निर्वाचन व्यवस्थित बनाउन मोरङमा छलफल: ७ लाख ८३ हजार मतदाता सहभागी हुँदै

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १४:३४

विराटनगर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले विराटनगरमा आज सर्वदलीय एवं सर्वपक्षीय बैठक आयोजना गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको सो बैठकमा जिल्लाका सबै राजनीतिक दलका प्रमुख, ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख र सरोकारवालाको सहभागिता थियो। बैठकमा विशेष गरी माघ ६ गते हुने मनोनयन दर्ता प्रक्रिया, निर्वाचन आचारसंहिताको पालना र राजनीतिक दलले मनोनयन दर्ता गर्ने समय व्यवस्थापनका विषयमा छलफल भयो।

मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउने दायित्व सबै राजनीतिक दलको भएको बताए। सामाजिक सञ्जालमा आउने निर्वाचन सम्बन्धी गलत प्रचार प्रसारले निर्वाचनमा असर पर्ने भन्दै त्यसतर्फ राजनीतिक दललाई सजग र सचेत हुन उनले आग्रह गरे।

यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले फागुन २१ गते हुन लागेको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सबै प्रबन्ध मिलाइसकेकाले निर्वाद रूपमा निर्वाचनमा सहभागी हुन राजनीतिक दललाई आग्रह गरे।

निर्वाचन कार्यालय मोरङका प्रमुख चोलाराज दंगालले निर्वाचनको तयारीका विषयमा जानकारी गराउँदै मोरङमा ७ लाख ८३ हजार ५० मतदाता रहेको बताए। जसमा पुरुष ३ लाख ९९ हजार ६ सय ८६, महिला ३ लाख ८३ हजार ३ सय ५७ र अन्यमा ७ जना रहेका छन्।

मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ३ सय ६ मतदान स्थल र ८ सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ। बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले निर्वाचनका लागि भइरहेको तयारी तथा शान्ति सुरक्षा र आचारसंहिता कडाइका साथ पालना हुनुपर्नेमा जोड दिँदै निर्वाचन सफल बनाउन आफ्नो दल प्रतिबद्ध रहेको बताए।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.