मोरङको बुढिगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार ०७:३२

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-४ स्थित भित्री पक्की सडक खण्डमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साेमबार बेलुका स्वास्तिक जुट मिल अगाडि प्रदेश १-०२-०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियाे ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-५ बस्ने अन्दाजी ३१ वर्षीय प्रकाश साह र मोटरसाइकलको पछाडि सवार मोरङ विराटनगर महानगरपालिका-१५ की अन्दाजी ४० वर्षीया कन्चन झाको मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचौक लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुवैको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.