
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।
अभियोग फिर्ता यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। तर, महान्यायाधिवक्ताको कार्यालयले हालै लामिछानेसहित सोही प्रकरणका अन्य प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गर्दै ती अभियोगहरू फिर्ता लिएको थियो।
महान्यायाधिवक्ता कार्यालयको सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो। सर्वोच्चको ‘ग’ नम्बर सूचीमा रहेको यो मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुनेछ। राजनीतिक प्रतिशोध लामिछानेमाथि लगाइएका मुद्दाहरूलाई रास्वपाले सुरुदेखि नै राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ। अभियोग संशोधन गर्ने सरकारी निर्णयलाई रास्वपाले स्वभाविक प्रक्रिया भने पनि विपक्षी र कानुन व्यवसायीहरूले भने यसलाई शक्तिको दुरुपयोग भन्दै प्रश्न उठाएका छन्।
सहकारी ठगी प्रकरणमा जोडिएका अन्य प्रतिवादीहरूको हकमा पनि अभियोग संशोधन भएकाले यस मुद्दाको फैसलाले सहकारी ठगी अनुसन्धानको आगामी दिशा तय गर्ने देखिएको छ।

























