रवि लामिछानेसँग पर्सा जिल्ला अदालतद्वारा १ करोड धरौटी माग

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १५:४५

वीरगन्ज। सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

मंगलबार थुनछेक बहसपछि न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने हाल धरौटी बुझाउने प्रक्रियामा रहेका छन्।

लामिछानेमाथि सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा पर्सामा पनि अनुसन्धान भइरहेको थियो। यसअघि अन्य जिल्लाहरूमा पनि उनीमाथि सहकारी ठगीकै विषयमा बयान र अनुसन्धान भइसकेको छ। मंगलबार नै सर्वोच्च अदालतमा उनीविरुद्धको अभियोग संशोधन सम्बन्धी अर्को मुद्दाको पनि पेसी रहेको सन्दर्भमा जिल्ला अदालतको यो आदेश आएको हो।

अदालतले धरौटी मागेसँगै रास्वपाका कार्यकर्ताहरूले न्यायलयको सम्मान गर्ने तर राजनीतिक प्रतिशोध कायमै रहेको प्रतिक्रिया दिएका छन्। १ करोड धरौटी बुझाएपछि लामिछाने थुनामुक्त हुने वा अन्य जिल्लाको मुद्दाका कारण पुनः हिरासतमा रहने भन्नेबारे कानुनी प्रक्रिया अझै प्रष्ट हुन बाँकी छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.