उम्मेदवारको अन्तिम नामावली माघ ९ गते

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १८:३९

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता उम्मेदवारको अन्तिम नामावली माघ ९ गते प्रकाशन गर्ने भएको छ। माघ ६ मा भएको मनोनयन दर्तामा देशभरबाट २३५२ पुरुष र ३०३ महिला गरी कूल २६५५ जनाको उम्मेदवारी परेको छ। आयोगको तालिका अनुसार माघ ७ मा उजुरी लिने, ८ मा जाँचबुझ गरी नामावली प्रकाशन गर्ने र ९ गते नाम फिर्ता लिने समय तोकिएको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

यसैबीच, सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले देउवा पक्षको माग अनुसार आदेश जारी नगरेपछि गगन थापा नेतृत्वको समितिलाई चुनावमा जाने बाटो खुलेको छ।

थापाकै हस्ताक्षरमा कांग्रेस उम्मेदवारले देशभर मनोनयन दर्ता गरेका छन्। यस्तै, एमालेले १६५ वटै क्षेत्रमा मनोनयन दर्ता गरेको छ, जसमा ५४.५४ प्रतिशत नयाँ अनुहार छन्। अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिएका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.